spot_img

बाटो नहुदा उपचार नपाएर १५ वर्षका बालकको ज्यान गयो

उपचार नपाउँदा अकालमै मृत्यु

दाङको राजपुर –७ जेलवाङखोला निवासी मनबहादुर बुढाको १५ बर्षको छोरी कृष्णा बुढाको नाका क्षेत्रको बाटो बिग्रेका कारण जिल्ला सदरमुकामको अस्पताल ल्याउन नसक्दा उपचार अभावमा मृत्युु भएको खङ्ग्रा नाका प्रहरी चौकीले जनाएको छ ।बुढालाई सामान्य ज्वरो आए लगत्तै शनिवार बिहान उपचारका लागि नेपालसँग जोडिएको भारतको बजारमा रहेको सिरसिरिया अस्पतालमा लगेको र सामान्य औषधि दिएर घर फर्किएको र बेलुका मृत्यु भएको मृतकका बुबा मान बहादुर बुढाले बताए । उनी मात्र होइन बर्षायाममा उपचार नपाएर धेरैको अकालमै ज्यान जाने गरेको भैसाही नाका शिक्षक मेघनारायण बुढाले बताए ।नाकामा नेपाल तिरको बाटो सुचारु नहुँदा बर्षायाममा खाद्यान्न र औषधिको चरम अभाव भएको स्थानीयले गुनासो गर्दै आएका छन । वर्षाको समयमा बाटो अवरुद्ध हुँदा औषधि उपचारको अभावमा सयौं नाकाबासीको अकालमा मृत्युुवरण हुने अवस्थाको अन्त्यका लागी सरोकारवालाले पहल गरीदिन स्थानीयले माग गरेका छन ।
अन्य रोगसँगै बर्षायाममा सर्पको टोकाइका कारण उपचार नहुँदा ज्यान जाने गरेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती यादबले बताइन् ।उनले राजपुरका सबै नाकाहरूमा सडक संजाल बिस्तारको लागि प्रयास भएपनि प्रदेश सरकारको सहयोग बिना पालिकाको एक्लो प्रयास सफल नभएको बताइन् । तर पनि हिउँदमा धेरै नाकाहरूमा सडक सुचारु हुने बताइन् ।

बर्षौंदेखि निक्कै अभाव खेप्दै भारतीयको ज्यादती सहदै आएका नाकाबासीहरूका लागि नाकामा शान्ति सुरक्षाका लागि गएको १३ वटा सशस्त्र प्रहरी बल क्याम्प स्थापना भएपछि स्थानीयबासी सुरक्षाको अनुभूत गराए पनि उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था नहुँदा थप समस्या देखिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर