spot_img

कन्चन १ दुर्गा माध्यमिक बिद्यालय कक्षा ८ मा अध्यन गर्ने बालिकाको मृत्यु

रुपन्देहीको कन्चन गाउँपालिका– १ सानोउकाली सामुदायिक टोलमा बस्ने बालिका सन्ध्या विश्वकर्माको निधन भएको छ ।

कन्चन १ लौसामा सन्चालित दुर्गा माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययन गर्ने ती बालिकाको उपचारको क्रममा मृत्यु भएको विद्यालयले जानकारी दिएको छ । बाबा चित्र बहादुर विश्वकर्मा र आमा गिता विश्वकर्माको छोरी सन्ध्याको निधन भएपछि परिवार शोकमा डुबेको छ ।

पारिवारिक श्रोतका अनुसार सामान्य बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरिएको थियोे । त्यहाँ उपचार संभव नभएपछि बुटवलमा रहेको मुटु अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा निधन भएको बताइएको छ ।

बिद्यालयले लामो समयदेखि अध्ययन गरेकी सन्ध्या विश्वकर्मा अनुशासिन र मेहनती रहेको र उनलाई गुमाउँदा बिद्यालय परिवार नै दुःखित भएको बताएको छ । अहिले उनका बुबा बिगत महिनादेखि परिवारदेखि सम्पर्क बिहिन रहेका छन् । घरपरिवारको समेत आर्थिक अबस्था कमजोर रहेको बताईएको छ । अहिले घरमा आमा र छोरा मात्रै छन्।

spot_img

प्रतिक्रिया

2 COMMENTS

  1. समाचार भन्दा विज्ञापनले धेरै ठाउँ ओगट्यो अनि सामुदायिक वनको विज्ञापनको शब्द फेर्नु पर्ने देखिन्छ। अहिले आगो लागि हुदैन वर्षामा त्यसो गरे कसो होला?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर