spot_img

रुपन्देहीको शुद्धोधनमा रोटरी क्लब अफ बुटवल साउथको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

नगेन्द्र के सी
रुपन्देहीको शुद्धोधन ५ भुवेश्वरी कोटहीमाई दरबाहवा मन्दिरको प्राङ्गणमा रोटरी क्लब अफ बुटवल साउथको आयोजनामा वृक्षारोपण कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष दुजेन्द्र कुमार बस्नेतको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा कार्यक्रमको उदघाटन शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष बस्यालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा मन्दिर समिति र स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिनुभयो। वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै उनले यसको संरक्षणतर्फ पनि रोटरीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।सो अवसरमा धुपि, अशोका,आँप,लिची लगायतका बिरुवा रोपिएको क्लवका अध्यक्ष दुजेन्द्र कुमार बस्नेतले जानकारी दिनु भयो। यस कार्यक्रम लाई निरन्तरता दिइने समेत बताउनुभयो।भुवेश्वरी कोटहीमाई दरबाहवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले यस रोटरी क्लब अफ बुटवलले वृक्षारोपण कार्यक्रम भुवेश्वरी कोटहीमाई दरबाहवा मन्दिर लाई चयन गरि
वृक्षरोपण कार्य गर्नुभएको मा धन्यवाद दिदै सो क्लबलाई मन्दिर समितिले सम्मान सो रुप मायाको चिनो प्रदान गरिएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर