नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता रहेको मन्त्री ढकालको भनाइ,,
बर्दघाट,साउन–१९
अल्पमतको सरकार र मिलिजुली सरकार सबैमा रहेर काम गरेको नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता रहेको लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिंचाई मन्त्री भुमिस्वर ढकालले बताउनु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेकपा एमाले बर्दघाट नगर कमिटिले आयोजना गरेको घरफर्क अभियानलाई सम्बोधनगर्दै मन्त्री ढकालले उक्त कुरा बताउनु भएको हो । अल्पमतको सरकार र मिलिजुली सरकारमा रहेर काम गर्दा जनताले चाहे अनुसारका कामहरु गर्न सहता नभएका कारण अब नेकपा एमालेले एकल बहुमतको सरकार बनाएर जनताका अति आवश्यकता कामहरु पुरा गर्नुपर्ने दायित्व एमालेको काँधमा आएको बताउनु भएको थियो ।
एमालेको निति ,सिद्धान्त र विचार जनमुखि रहेकाले अब मिसन ८४ मा एकल बहुमतको सरकार बनाउनमा कुनै पनि पार्टीले अवरोध नगर्ने गरी अघि बढ्न नेता कार्यकर्ताहरुलाईआग्रह गर्नु भयो ।
नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता र सचिव शोभाकान्त कोईरालाको सञ्चालनमा भएको घरफर्क अभियान कार्यक्रममा पार्टीमा समाहित हुनुभएका रुक्मागत ज्ञवाली,प्रदेश कमिटिका सदस्य एकदेव पाण्डे, जिल्ला सल्लाहकार आर.सी. पराजुली,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,केन्द्रिय सदस्य बिमला अर्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
सो अवसरमा नवलपरासीको बर्दघाट नगरमा रहेका नेकपा समाजवादीका ३५ जना नेता कार्यकर्ता सहित रास्वपा र माओवादीका नेता नेकपा एमालेमा नै फर्केको नगर अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले जानकारी दिनु भएको छ ।
नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता रहेको मन्त्री ढकालको भनाइ
प्रतिक्रिया



