spot_img

होटलमा बालिका बलात्कार गरेको आरोपमा रुकुम पश्चिममा ३ जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा रुकुम पश्चिममा ३ जना पक्राउ
रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।

मंगलबार बलात्कार भएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरुविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर