spot_img

कार र मोटरसाइकल एक आपसमा ठोकिदा सैनिक जवान को दुर्घटनामा मृत्यु एक घाइते

कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका जवान निगम नेपाली सार्की हुन्।

मंगलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कार र रामनगरबाट नारायणगढ बजार तिर आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।तिव्र गतिको मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) भेषराज रिजालले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत सिपाही तनहुँको भानु–१२ बस्ने २७ वर्षका निगम नेपाली सार्कीको मृत्यु भएको उनले बताए।दुर्घटनामा तनहुँको बन्दिपुर–३ बस्ने २६ वर्षका दिनेश थापा गम्भीर घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

कार र चालक धादिङको धुनिबेसी–७ बस्ने ४२ वर्षीय राजु भण्डारी प्रहरीको नियन्त्रणमा छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर