spot_img

स्कुल बस पोखरामा दुर्घटना घाइते २०बिद्यार्थी घाइते सह -चालकको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइतेपोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।

बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।

उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए।

बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।यो समाचार सेटो पाटिबाट लिएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर