spot_img

दाङ गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट

गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आँफै आगलागी भई जलेर नष्ट भएको हो।आइतबार बिहान ४:२५ बजे लमही नगरपालिका – ९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा एक्कासि आगलागी भएको भन्ने खबर आएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ,’ एसपी केसीले भने ‘ घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ ।’ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्।

अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए । उनको हातमा सामान्य जलन भएको छ ।ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो।

घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ। ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।

केसीका अनुसार ट्रक खाली थियो।

खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि आएको चालकले बताएका छन् । चालक प्रहरीको नियन्त्रणमा छन्। यो समाचार हामीले सेटो पाटिबाट लिएका हौं ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर