गोरखामा पहिरोले ३ जना वेपत्ता, २ जनाको जिवितै उद्धारगोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।पहिरोमा ५ जना परेकामा २ जनाको जिवितै उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए । घटना भएको थाहा पाएपछि टोली परिचालन भएको बताउँदै उनले विस्तृत जानकारी आउन बाँकी रहेको उल्लेख गरे । यो समाचार गोलोवक आवाज बाट लिएको हो।
पहिरोमा परि गोर्खामा ३ वेपता २ को जिवितै उद्धार
प्रतिक्रिया



