यीनै हुन् विमान दुर्घटनामा ज्यान घुमाउने एकै परिवारका तीन जना
सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज
विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।
उनीहरू एकै परिवार हुन् । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । मनुराज प्राविधिक हुन् । उनी लामो समयदेखि त्यहाँ कार्यरत थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ । प्राविधिक मनुराज लामो समयका लागि पोखरा जान लागेपछि उनकी पत्नी समेत बच्चासहित सँगै जान लागेकी थिइन् ।बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।



