यि हुन लुम्विनी प्रदेशमा एमालेबाट मन्त्रीहुनेहरु
नेकपा एमालेले लुम्विनी प्रदेशमा मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। नेकपा एमालेका एक सांसदका अनुसार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा बनेको नया सरकारमा सहभागी हुने मन्त्रीहरुले मुख्यमन्त्री संगै सपथ ग्रहण गर्ने ब्यवस्था मिलाउने गरी मन्त्रीहरु टुंगो लगाएको हो। मन्त्रीहरुको नाम टुंगो लागेको छ आकांक्षीहरु धेरै भएकोले अहिले नै औपचारीक रुपमा सार्वजनिक भने गरीएको छैन् ति सांसदले भने। नयां सत्ता समिकरण अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेस संग भागवण्डा गर्दा नेकपा एमालेका भागमा मुख्यमन्त्री र ४ वटा मन्त्रालय परेको छ।
मन्त्रीहुनेहरुमा यसअघि नेकपा माओवादी केन्द्र संगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री बन्नेछन् भने उक्त मन्त्री परिषदका २ जना बाहिरिने छन्। यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थीको निश्चित भएको छ। ढकाल यसअघि जोख बहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री थिए। भने गुल्मीका पन्थी आन्तरिक मामिला मन्त्री थिए।
त्यसैगरी पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्मा मन्त्री हुने निश्चित भएको छ। मन्त्रीहुन सबैभन्दा बढी जोडबल गरेका बांकेका रत्नखत्री लाई प्रमुख समेतक बनाउने आश्वासन सहित ब्याक गराईएको बुझिएको छ। संसदीय दलका नेताप्रति जवाफदेही हुने संसदीय दलका सचेतकमा अहिले रुपन्देहीका तुलसी चौधरी छन्। संसदीय दलका नेता लिला गिरी संसदीय दलबाट बिदा लिएमा चौधरी स्वतः दलको प्रमुख सचेतकबाट बिदा हुनु पर्ने बैधानीक ब्यवस्था छ।
संसदीय दलका नेता लिला गिरी दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ। समाचार समय चक्रबाट लिएको हो



