spot_img

नौ सन्तानकी १०२ बर्षिय आमाको पिडा: सिडियो कार्यालयमा आमालाई छोडेर छोराहरु भागे

नौ सन्तानकी १०२ बर्षिय आमाको पिडा: सिडियो कार्यालयमा आमालाई छोडेर छोराहरु भागे

बुटवल/ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानं १ ड्राईभरटोलकी १०२ बर्षिय सावित्रा गौतमलाई आफ्नै छोराहरुले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि मानवसेवा आश्रमले आश्रय दिएको छ।

५ भाई छोरा र ४ बहिनी छोरीहरुकी आमालाई पालन पोषणमा समस्या आएपछि तिलोत्तमा नगरपालिका कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय सम्म पुगेको यो घटना रुपन्देहीकै लागि लज्जाको बिषय बनेको छ।

गएको बिहिवार दिउसो छोराहरुले आफुलाई खान बस्न समेत नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेकी सावित्राका छोराहरु प्रमुख जिल्ला अधिकारीकै उपस्थितीमा भएको छलफलबाट पालैपालो सुटुक्क भागेका थिए।
छोराहरु भागेपछि अन्तत जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अर्को ब्यवस्था नभए सम्मका लागि आमाको रेखदेख गरिदिनु भन्दै मणिग्राम स्थीत मानवसेवा आश्रमलाई पत्र लेखेर पठाएको थियो।

करोडौको सम्पती र ९ सन्तान की आमा १०२ बर्षिय सावित्रा गौतम भने अहिले कोही नभए जस्तो मानवसेवा आश्रममा शरण लिई रहेकी छन्।

सावित्राको तिलोचन गौतम संग सानैमा बिहे भएको थियो। बिवाह पछि तिलोचन र सावित्राका ५ भाई छोराहरु र ४ छोरी जन्मे। जन्मेका छोराहरु मध्ये २ जना मानसिक र शारिरिक रुपमा केही अशक्त छन् भने सबै छोरीहरुको बिवाह भई सकेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भरतपुर ११ चितवनमा बस्छन भने माईलो र कान्छो भने अपाङगता र मानसिक रोगी छन्। काईलो छोरा मिनराज नेपाल प्रहरीको भगुवा हुन् भने जेठो हरी अदालतबाट सेवानिवृत कर्मचारी हुन्।

तिलोचन र सावित्राले पाँचै भाई छोराहरुलाई २०५० सालमै अंशबण्डा गरि छुट्टीभिन्न गरिदिएका थिए। २०५८ सालमा तिलोचनको मृत्यु भएपछि साईलो छोरा मिनराज गौतमले आमाको अंश सहित स्याहारसुसार र पालनपोषणको सम्पूर्ण जिम्मेवारी लिए।
कान्छो भाई कमलराज गौतम पनि मानसिक रोगी थिए भने माईलो भाई रामप्रसाद गौतम अपाङगता (बहिरा) रहेकोले उनको रेखदेख र जिम्मेवारी समेत मिनराजले नै लिएका थिए। छोरीहरु चारैजनाको विवाह भईसकेको छ।

आमा र दाईको राम्रोसँग पालनपोषण र स्याहारसुसार गर्ने भन्दै दुबैजनाको अंश लिएका मिनराजले अहिले भने नपाल्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि सावित्रालाई मानवसेवा आश्रमको जिम्मा लगाईएको हो।

आफ्नो अंश समेत काईलो छोरा मिनराजले आफ्नो नाममा गराएपछि दुःख दिन थालेको भन्दै सावित्राले गत जेठ १६ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा न्यायका लागि निवेदन दिएकी थिईन्।

आफु र माईलो छोरा रामप्रसादको राम्रोसँग लालनपालन गर्ने भन्दै आफुहरुको अंश समेत लिएर मिनराजले आफ्नो नाममा गराएपछि दुःख दिएकोले २०७८ साल साउन २३ गते छलफल गर्दा सम्पत्ति फिर्ता गर्ने सहमती गरेपनि सम्पत्ति फिर्ता गर्ने न त आफुहरुको लालनपालन समेत नगरेको सावित्राले दिएको निवेदनमा उल्लेख छ।

छलफलमा मिनराजले आफुहरुको सम्पत्ति फिर्ता गर्ने सहमती गरि मालपोत कार्यालयमा गएर त्यहिँबाट भागेकोले अब आफुहरुको लालनपालन र रेखदेखको ग्यारेण्टी मिनराजले नै गर्नुपर्ने सावित्राले दिएको निवेदनमा उल्लेख छ।

सावित्राले दिएको निवेदनपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफलका लागि तत्काल आमा सहित छोराहरुलाई उपस्थित गराउन निर्देशन दिएका थिए। तर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पटकपटक आग्रह गरेपनि छोराहरुले अटेर गर्दै आएका थिए।

गत विहिबार आमा सावित्रा सहित साईलो छोरा खेमप्रसाद र काईलो छोरा मिनराजलाई प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराईएको थियो। चितवनमा रहेका जेठो छोरा हरीप्रसाद विरामी रहेको भन्दै उपस्थित भएनन्।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आफुहरुको सबै सम्पत्ति मिनराजले लिएकोले पालनपोषण पनि उसैले गर्नुपर्ने सावित्राको जोड थियो। साईलो खेमप्रसाद पनि आमा र दाईको अंश सबै भाई मिनराजले लिएकोले उसैले पालनपोषण गर्नुपर्ने भन्दै आमाको जिम्मेवारीबाट उम्किएका छन्।

जेठो हरी गौतमले आमालाई यसअघि पनि काईंलो भाईले दुःख दिँदै आएको र मानवसेवा आश्रममा लगेर छोडेपछि आफुले ल्याएर राखेपनि पछि उसैले लिएर गएको बताए। उनले साईलो र काईलो भाईको बीचमा सम्पत्तिको लागि भएको विवादका कारण आमाले दुःख पाएको बताए।

‘भाईहरुले धेरै पटक मानवसेवा आश्रममा लगेर छोड्ने गर्दै आएका थिए, गतवर्ष आश्रमबाट मैले लिएर आएपनि म दुर्घटनामा परेपछि आमा भाईहरुसँग बस्ने भन्दै जानुभएको थियो,’ हरीले भने।

भाईहरुले धेरै पटक मानवसेवा आश्रममा लगेर छोड्ने गर्दै आएका थिए, गतवर्ष आश्रमबाट मैले लिएर आएपनि म दुर्घटनामा परेपछि आमा भाईहरुसँग बस्ने भन्दै जानुभएको थियो,’ हरीले भने।

तर मिनराज भने आफु विरामी भएको र उपचारको लागि भारत जान लागेकोले आमाको पालनपोषण गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट निस्किएका थिए।
छलफलको लागि आमालाई लिएर गएका दुबैजनाले घर नलगी जिल्ला प्रशासन कार्यालयमै छोडेर हिँडेपछि मानवसेवा आश्रममा लगिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

‘विहिबार दिनभर छलफल गर्दा कुनैपनि छोरा आमालाई लिएर जान तयार भएनन्, अन्तिममा कार्यालयमै छोडेर हिँडेपछि बाध्य भएर मानवसेवा आश्रमलाई अनुरोध गरेर तत्कालको लागि आश्रममा पठाएका छौं,’ अर्यालले भने।विहिबार दिनभर छलफल गर्दा कुनैपनि छोरा आमालाई लिएर जान तयार भएनन्, अन्तिममा कार्यालयमै छोडेर हिँडेपछि बाध्य भएर मानवसेवा आश्रमलाई अनुरोध गरेर तत्कालको लागि आश्रममा पठाएका छौं,’ अर्यालले भने।जिल्ला प्रशासन कार्यालयमा विभिन्न विषयका विवाद आउने गरेपनि वृद्ध आमाको लालनपालनको लागि कुनैपनि छोरा तयार नभएको र जिल्ला प्रशासन कार्यालयमा छोडेर हिँड्ने सम्मको घटना पहिलो भएको अर्यालले बताए। ‘यसप्रकारको घटना मैले अहिलेसम्म देखेको थिईन,’ उनले भने।

अर्यालले वृद्ध आमाको पालनपोषणको जिम्मेवारीबाट पन्छिने छोराहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए। ‘वृद्ध आमालाई पालनपोषणको जिम्मेवारीबाट पन्छिने यस्ता सन्तानलाई निर्मम भएर कानुनी कारवाहीसँगै सामाजिक  रुपमा

पनि कारवाही गरिनुपर्छ, तबमात्र बुवाआमाले वृद्ध अवस्थामा अपहेलना सहनु नपरोस्,’ उनले भने।

समाजमा सन्देश दिनको लागि भएपनि यो विषयलाई गम्भिर रुपमा लिएको र छोराहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने र स्थानीय तहलाई त्यहाँबाट प्रदान गरिने सिफारिस, सेवा, सुविधा सबै रोक्काका लागि सिफारिस गर्ने अर्यालले बताए।
वृद्ध–वृद्धाको हकअधिकार संरक्षणका लागि बनेको जेष्ठ नागरिक ऐन २०६३ ले सम्पत्ति लिने बदनियत राखी वृद्धवृद्धालाई हेला गर्नुलाई फौजदारी कसुर मानेको छ।

ज्येष्ठ नागरिक ऐनको दफा २६ मा यस्तो कसुर गर्नेलाई दण्ड–सजाय व्यवस्था छ। बाबुआमाको सम्पत्ति बदनियतपूर्वक हडप्ने मात्र होइन, उनीहरूलाई पालनपोषण नगर्ने छोराछोरीलाई सजाय हुन्छ। उचित पालनपोषण नगरेमा स्थानीय तहले दिने सिफारिस पाइने छैन भने परित्याग गरेमा कैदसम्म हुने कानुनी व्यवस्था छ।

२०७५ साल अघिसम्म आमाबाबुलाई हेर्ने जिम्मेवारी छोराको मात्र भएकोमा २०७५ सालमा लागू भएको नयाँ मुलुकी संहिताले छोरीले पनि बाबुआमाको जिम्मेवारी उठाउनुपर्ने व्यवस्था गरेको छ। मुलुकी देवानी संहितामा वृद्ध भएका आमाबाबु जोसँग बस्न चाह्यो, उसैले राख्न पर्ने व्यवस्था गरेको छ।

वृद्ध आमाबाबुलाई परित्याग ग¥यो भने त्यो फौजदारी अपराध हुने र त्यस्ता छोराछोरीलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर