spot_img

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ गोपालपुरमा श्री चेतनशिल आमा समूहको सक्रियतामा नवनिर्मित शिवलाय मन्दिरको समुद्घाटन

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ गोपालपुरमा श्री चेतनशिल आमा समूहको सक्रियतामा नवनिर्मित शिवलाय मन्दिरको समुद्घाटन कार्यक्रम शुद्धोधन २ राधाकृष्ण सामुदायिक भवन गोपालपुर स्थित सोमबार एक समारोहबीच सम्पन्न भएको छ।सो उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले संस्कृतिमा धनि भएको देशले आर्थिक समृद्धि छिटो हासिल गर्ने र
यस पालिका प्रकृति र संस्कृतिले भरिपुर्ण पालिका भएको उल्लेख गर्दै यसको संरक्षण र सदुपयोगले  आर्थिक समृद्धिको लागि ठुलो टेवा पुग्ने बताउनुभयो।यस मन्दिरलाई अझ विकास गर्न र नियमित संचालन गर्न आफु र पालिकाको तर्फबाट सक्दो सहयोग गर्न प्रतिबद्धता समेत गर्नुभयो।शुद्धोधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीले चेतनशिल आमा समूह सामाजिक विकासमा क्रियाशील रहेको देख्दा आफू पनि हातेमालो गर्ने प्रतिवद्ध रहेको बताउदै समुहले चन्दा सङ्कलन गरी शिव मन्दिर पुनर्निमार्ण गर्नु धेरै ठूलो काम भएकोले निर्माण समिति, स्थानीय वासिन्दा र चन्दादातालाई वडा अध्यक्ष खड्काले धन्यवाद व्यक्त गर्नुभयो।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले मन्दिर स्थापना गर्नु मात्र ठुलो कुरा नहुने भन्दै मन्दिरमा गरीने दैनिक आचरणले मन्दिरको शोभा वढाउने बताए । मन्दिरका क्रियाकलापको निरन्तरता आवश्यक रहेको बताउदै अगामी दिनहरूमा यस मन्दिरका लागि आफू र पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तत्पर रहने बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर