spot_img

अन्तर्राष्ट्रिय मातृसेवा मिसन कार्यक्रम सम्पन्न, सैनामैना का बिनिता सुनार बिजेता हुन सफल अनलाइन डान्स प्रतियोगितामा

प्रत्येक वर्ष वैशाखकृष्ण औँसीको दिनलाई मातृऔँसी अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । त्यस दिन आमालाई श्रद्धा, भक्ति, सम्मान र आदरका साथ मिठो मिठो खानेकुरा, मनपर्ने लुगाफाटोलगायत उपहार दिएर कृतज्ञता अर्पण गरिन्छ र आमाबाट आशीर्वाद लिने गरिन्छ । र त्यस पछि हाम्रो समाज त्यही पुरानै अवस्था मा आउँछ जहाँ वृद्ध हरु लाई वृद्ध आश्रम मा रहनुपर्ने अवस्था आउँछ । घरपरिवारबाट थोरै फरक किसिमको व्यवहार गरिने गरिन्छ । के आमा लाई त्यस दिन मात्रै सम्मान र प्रेम दिने हो त भन्दै ठाडो प्रश्न गरे आज । अन्तर्राष्ट्रिय मातृसेवा मिसनद्वारा आयोजित अनलाइन डान्स प्रतियोगिता मा विजेतालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम को अवसर पारी अन्तर्राष्ट्रिय मातृसेवा मिसन कार्यक्रम गरिएको थियो। गर्भधारणी माता पृथ्वीमाता देश माताको सेवा लगायत विश्व शान्तिको लागि सुदूरपश्चिम प्रदेश धनगढी कैलाली मा स्थापना गरिएको श्री मातापिता शिवकेन्द्र नेपाल संस्था बाट आयोजना गरिएको कार्यक्रम अन्तर्राष्ट्रिय मात्री सेवा मिसन कार्यक्रम समापन भएको छ।

 

आमाले हामीलाई नौ महिनासम्म गर्भमा राखेर जन्माएको, संसार देखाएको, धरतीमा पाइला चाल्न सिकाएको, काखमा राखेर वात्सल्य प्रेममा हुर्काएको, स्तनपान गराएको आदि सम्झना गरेर आमालाई यस दिन सम्मान गरिन्छ । कार्यक्रम मा श्री मातापिता सेवाकेन्द्र नेपाल संस्थाका संस्थापक तारापति अर्यालज्यूले बताउनुहुन्छ
हामीलाई पृथ्वीमा टेकाउने र संसार देखाउने आमाको जति प्रशंसा र व्याख्या गरे पनि कम हुन्छ । आमाको मातृवात्सल्यता एक अतुलनीय स्वर्ग हो, जहाँ आमाको काखसँग कुनै पनि सुखको तुलना हुन सक्दैन । यसैले अरूको लाख, आमाको काख भन्ने उक्ति चलिआएको हो । हामी सबैको पहिलो गुरु आमा हुन् । सन्तानलाई आफ्नो पिता चिनाउने पनि आमा हुन् । संसारमा कसैलाई कसैले निःस्वार्थ माया गर्छ भने त्यो माया केवल आमाले आफ्ना सन्तानहरूलाई गरेकी हुन्छिन् । आमाले गर्ने निःस्वार्थ मायामा आमाको महिमा अन्य विषयको महिमासँग तुलना गर्नै सकिँदैन । संसारमा सबैभन्दा ठुलो तीर्थ आमा हुन् । आमा बराबरको तीर्थ अरू कुनै पनि छैन । आमालाई सच्चा भावले सेवा गर्ने र तीर्थाटन गर्ने सन्ततिहरू सच्चा पात्र हुन् । आमाको सेवा गर्ने सन्तानको ग्रहदशा राम्रो छैन भने पनि ग्रहदशा शान्ति भएर जान्छ अर्थात् टरेर जान्छ । उसलाई आमाको आशीर्वादले कहिल्यै पनि अधोगति हुन दिँदैन । ठुला ठुला कष्ट पनि हटेर जान्छ र उसको जीवन सफल भएर जान्छ । यसैले आमा समान सहारा छैन, आमा समान रक्षक छैन र आमा समान प्रिय चिज पनि छैन । आमा सबैकी पूज्य देवी हुन् भन्दै माता पिता शिवकेन्द्र नेपाल संस्थापक अध्यक्ष श्री तारापति अर्याल ज्यू ले बताउनुभएको छ। र अन्तर्राष्ट्रिय मातृसेवा मिसनद्वारा आयोजित कार्यक्रम अनलाइन डान्स प्रतियोगिता मा नेपाल अधिराज्यभरि गरिएको थियो उक्त कार्यक्रममा सैनामैना नगरपालिका वार्ड नं ६ मा बसोबास गर्ने श्री विनिता सुनारज्यूले विजेताको उपाधि प्राप्त गर्न सफल हुनुभएको थियो। जसमा उहाँले रु १० हजार रकम प्रमाणपत्र सिल सम्बन्धित संस्थाको बुक लगायत अन्य पुरस्कार पाउनु भएको थियो ।भने उक्त स्थान का वृद्ध आमा को हात बाट प्रदान गरियको थियो । आउने पुस्ताहरूको लागि अथवा आउने नवाकलाकारहरूको लागि हौसलासहित यस कार्यक्रममा योजना गरिएको थियो भने उक्त पुरस्कार वितरण गरिएको थियो। उक्त कार्यक्रममा त्यतिका पुरस्कार सुरुमा व्यवस्था नगरिएको तर आउने पुस्ताहरूको लागि अथवा आउने कलाकारहरूको लागि हौसला स्वरूप व्यक्तिगत ढंगले सो रकम संकलन गरी विजेतालाई पुरस्कार वितरण गरेको सोही संस्थाका संस्थापक तारापति अर्याल ज्यू ले बताउनुभएको छ। भने सञ्चारकर्मी विजय सुनारले कार्यक्रम सञ्चालन गरी समापन गरिएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर