रुपन्देहीको कन्चन गाउँपालिका वडा न १ लौसा श्री दुर्गा माध्यमिक बिद्यालयमा जन्मदिनको अवसरमा ड्रेस तथा शैक्षिक वितरण कार्यक्रम सम्पन्न भएको छ।
बिदेशमा बस्ने बुटवलका गणेश खत्रीले जेहन्दार बिद्यार्थी हरुलाई आफुले जन्मदिनको अवसरमा हुन्ने फजुल खर्च बिद्यार्थी हरुलाई वितरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।यस्तै कार्यक्रममा बुटवल अभियान्त थमन पुन ले आफ्नो साथी गणेश खत्रीको जन्मदिनको अवसरमा उपलब्ध गराएको १५ हजारले बिद्यालयका बिद्यार्थी हरुलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा आफुले सानामा ड्रेस कपि नपाउदा पढन दुख हुने जानकारी दिदै थप कुनै आवश्यक परेमा दुर्गा माध्यमिक बिद्यालय संग समन्वय सहकार्य गर्न तयार रहेको बताउनु भयो।कार्यक्रममा अभियान्ता भरत केसि पत्रकार ईन्द्र खत्री राजन रसाइली प्रकाश बस्याल पत्रकार दिनेश घिमिरे लगाएत को उपस्तिथि रहेको थियोे ।
कार्यक्रममा आतिथ्यत्ता बिद्यालयका सहायक प्राचार्य सन्तोष श्रेष्ठले पहल गरि बिद्यालयमा शैक्षिक सामाग्री ड्रेस उपलब्ध गराउने वातावरण गराउनुहुने बिद्यालयका शिक्षक जमुना अधिकारी जि सी लाई धन्यवाद दिदै जन्मदिनको अवसरमा बिद्यालयलाई सहयोग गर्ने गणेश खत्री लगाएतको टिमलाई धन्यवाद दिनुभएको थियोे ।
३५ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री संगै ड्रेस वितरण गरिएको थियोे
कार्यक्रमको सन्चालन शिक्षक निर्मल अधिकारीले गर्नु भएको थियोे ।



