spot_img

नारायणगढ मुग्लिन सडकखण्डमा गएको पहिरोले २ वटा रात्री बस बगायो

चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गएको पहिरोले २ वटा रात्री बस बगायो

चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोले काठमाण्डौ जांदै गरेका २ वटा यात्रुबाहक रात्रीबस बगाएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट विरगंज चल्ने र अर्को कामाडौंदेखी गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ। तीन जना सकुसल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए।

उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाई भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा पर्छ।

शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए।विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको खुलेको डिएसपी रिजालले बताए।

त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पनि पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिएका छन्। उक्त बसको नम्बर खुलिसकेको छैन।

उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुबैतर्फ सडक अवरोध भएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि घटनाबारे पुष्टि गरेका छन्। उनी पनि घटनास्थलतर्फ गएका छन्।

घटनास्थलमा पुगेका एसपी भावेष रिमालका अनुसार ठूलो पहिरो खसेको छ।

पहिरो ठूलो छ। बाटो पुरै बन्द छ। उद्धार गर्न गएको टोलीले काम गर्न सकेको छैन, उनले भने, सम्पर्कमा ३ जना यात्रु छन्। पौडी खेलेर निस्किएको भनेका छन्।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर