spot_img

रुपन्देहीमा बसकाे ठक्करबाट घाइते आमा छाेरा दुवैको ज्यान

रुपन्देहीमा बसकाे ठक्करबाट घाइते आमा छाेरा दुवैको ज्यान गयोरुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगर बसकाे ठक्करबाट घाइते आमा छाेराकाे निधन भएकाे छ।

यही असार २१ गते शुक्रबार तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमा रुपा खत्री र छाेरा प्रिन्स खत्री गम्भीर घाइते भएका थिए। उनीहरुको छोरा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा बाटो पार गर्दै गरेका उनीहरुलाई लु २ ख ६८८८ नं को बसले ठक्कर दिएकाे थियो।

मृत्यु हुनेमा जिल्ला गुल्मी दरबार गा.पा ६ घर भई हाल तिलोत्तमा–२ शंकनगर स्थित डेरा गरी बस्ने अन्दाजी ३० बर्षीय रुपा खत्री र मृतकका ३ बर्षीय छोरा प्रिन्स खत्री रहेका छन। आमा रुपा खत्रीको बुटवलकाे चाैराह अस्पताल र प्रिन्स खत्रीको काठमाण्डौंस्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो। उपचारका क्रममा दुवै जनाकाे मंगलबार निधन भएको प्रहरीले जनाएको छ।

गम्भीर घाईते मृतकका छोरा ३ बर्षीय प्रिन्स खत्रीको चौराह अस्पताल बुटवलमा उपचार भैरहेकोमा त्यहाँ उपचार हुन नसकि थप उपचारका लागी अहिले काठमाण्डौं रिफर गरिएकोमा उपचार कै क्रममा निधन भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर