spot_img

गुल्मीमा जीप र मोटरसाइकल ठोकिँदा एक जना घाइते

गुल्मीमा जीप र मोटरसाइकल ठोकिँदा एक जना घाइते
गुल्मीमा जीप र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्लाकाे मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास-छल्दी सडकखण्डको रायढुङ्गामा तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको डबलक्याप जीप र विपरीत दिशाबाट गइरहेको लु १३ प ७९५० नम्बरको जीप एकआपसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।

उनका अनुसार, मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर ८ छापटोलाका ४३ वर्षीय देब बहादुर बि.क. घाइते भएका हुन् । उनको निधारमा चोट, बायाँ खुट्टा र छातीमा दुखाइ रहेकोमा गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर