spot_img

नव बिवाहितलाई केबलकारको निशुल्क टिकट

नव बिवाहितलाई केबलकारको निशुल्क टिकट
बुटवल असार –२०
लुम्बिनी केबलकारले दाम्पत्य जीवन शुरु गरेका नव बिवाहित जोडीहरुलाई केबलकारको निशुल्क यात्रा गराउने भएको छ । भर्खर दाम्पत्य जीवन शुरु गरेका नवजोडीहरुलाई लक्षित गरी कार्यक्रमको शुरुवात गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । त्यसको लागि लुम्बिनी केबलकार लिमिटेड संग सम्झौता भएको होटल तथा पार्टी प्यालेस बाट बैवाहिक समारोह सम्पन्न भएको हुनुपर्नेछ ।
पछिल्लो समय शहरी तथा ग्रामीण समाजमा समेत बढिरहेको सामाजिक उत्सव कार्यक्रमहरु बिबाह, जन्मोत्सव होटेल तथा पार्टी प्यालेशहरुमा मनाउने गरिएको र पर्यटन प्रर्वद्यन र विकाशको लागि होटेल व्यवशायीहरुको महत्वपूर्ण योगदान हुने भएकोले पर्यटन प्रर्वद्यन र विकाश  एवं नवजोडीहरुको घुमफिर केबलकारको यात्रा, माता कामाख्या देवीको दर्शन आर्शिवादको लागि निशुल्क केबलकार यात्राको शुरुवात गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकार लिमिटेडले रुपन्देही जिल्ला भित्र होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघमा आवद्ध १२ संयको हाराहारीमा रहेका होटेलहरु र अन्य ५० भन्दा वढी स्तरीय होटेलहरु संग हाल सम्म सम्झौता गरिसकेको र उक्त होटेलहरु बाट केबलकारको टिकट सोझै खरिद गर्न सकिने लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर