spot_img

रुपन्देहीको दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEE परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ

शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEE परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो बिद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले विद्यालय परिसरमा र्याली समेत निकालेका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलको अध्यक्षतामा , प्रधानध्यापक चण्डी प्रसाद पाण्डेय स्वागत, सह- प्रधानध्यापक प्रकाश लाल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बोल्ने बक्त्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधाई दिदै आगामी शैक्षिक भबिस्यको शुभकामना दिनु भएको थियो । कार्यक्रममा अभिभावकको तर्फबाट पूर्वशिक्षक सिर्जना पन्थीले विद्यालयले हासिल गरेको उपलब्धिको उच्च प्रशंसा गर्दै थप प्रगतिको कामना गर्नुभएको थियो। यस बर्ष बिद्यालयमा उच्चतम ग्रेड ३.७८ सहित ३ जनाले ए प्लस, ८ जनाले ए, २० जनाले बि प्लस र ८ जनाले बि गरि ३९ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानध्यापक पाण्डेले जानकारी दिनु भएको त्यहाँ बाट शिक्षक कृष्ण पन्थीले जानकारी दिनु भएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर