spot_img

कपिलवस्तु कारागारबाट सुरुङ्ग खनेर भागेका कैदी पक्राउ

कारागारबाट सुरुङ्ग खनेर भागेका कैदी पक्राउ

प्रिन्स मिश्रा कपिलवस्तु। कपिलवस्तु कारागारबाट १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका वडा नं. ७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । २०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदीहरु सुरुङ्ग खनेर भागेका थिए । पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।
प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादीहरु पक्राउ गरेको छ । उनीहरुको कैद अवधि १ सय ४७ वर्ष १० महिना बांकी रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचना र खोजीबाट फरार कैदीहरुको जिल्लामा धमाधम पक्राउ पर्दै गएको प्रहरी उपरीक्षक पौडेलले बताए

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर