spot_img

एसईई अनुत्तीर्ण भएपछि रुपन्देहीका एक स्कुलका दुई छात्राले गरे आत्महत्या

एसईई अनुत्तीर्ण भएपछि देवदहको एक स्कुलका दुई छात्राले गरे आत्महत्या

रुपन्देहीको देवदहका २ छात्राले आत्महत्या गरेका छन्। पारिवारीक श्रोतका अनुसार बिहिवार सार्वजनिक भएको एसईई परिक्षाको नतिजा सार्वजनिक हुदा उत्तीर्ण हुन नसकेका उनीहरु तनावमा थिए।

रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका कारण दुवै जनाले झुण्डिएर आत्महत्या गरेका आशंका गरिएको छ।

शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको र प्राम्भिक कारण दुवै जना एसईई अनुनिर्णनै देखिएको देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले बताए ।

गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा गप अनुसन्धान भइरहेको नेपालीले बताए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर