spot_img

खेतमा काम गर्न जाँदै गर्दा चट्याङ लागेर कपिलवस्तुमा दुईको मृत्यु

खेतमा जाँदै गर्दा चट्याङ लागेर कपिलवस्तुमा दुईको मृत्यु

बुधबार बिहान चटयाङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभुमी नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चटयाङ्ग लागेर मृत्यु भएको हो ।

दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ्ग लागेको थियो । चटयाङ्ग लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कारका लागि परिवारको जिम्मा लगाईने उनले बताए यो समाचार बुटवल टुडे अनलाइन बाट लिएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर