सशस्त्र प्रहरीले रुपन्देहीमा २२५ बोरा (११ हजार ७ सय २० केजी) अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट खटिएको सीमा अनुगमन टोलीले ओमसतिया गाउँपालिका–५ स्थित सानो बालापुरबाट उक्त अवैध प्याज बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपाल ल्याइ गोदाम गरी लुकाईछिपाई राखेको अवस्थामा प्याज बरामद भएको हो ।
मंगलबार बिहान सवा ७ बजे बरामद गरिएको प्याज आजै दिउँसो ३ः२० बजे भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएकोमा उक्त प्याजको मूल्य ४ लाख ६८ हजार ८ सय रुपैयाँ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।