spot_img

सुतिरहेका दुई जना नन्द भाउजूको चट्याङ लागेर ज्यान गयो

सुतिरहेका दुई जनाको चट्याङ लागेर ज्यान गयो

रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्।

मंगलबार बिहान १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) भरत लामाले जानकारी दिए।

उनका अनुसार जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ। घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए। छोरा सकुशल रहेको डिएसपी लामाले जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर