लुम्बिनी केबलकार लिमिटेडद्धारा आशय पत्र आव्हान
बुटवल असार –९
बुटवल उपमहानगरपालिका वडा नं. –३ रुपन्देहीमा अवस्थित लुम्बिनी केबलकार लिमिटेडले आर्थिक वर्ष ०८१–०८२ को लागि वार्षिक रुपमा खरिद गर्नुपर्ने सामाग्रीहरुको सूची प्रकाशित गरि दरभाउ पत्र आव्हान गरेको छ । केबलकारको वार्षिक रुपमा उपभोग हुने सामाग्रीहरुको खुल्ला बोलपत्र आव्हान गरी खरिद गर्न लागिएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
दरभाउ पत्रमा उल्लेख गरिएका सामाग्रीहरु वार्षिक रुपमा सप्लाई गर्न इच्छुक सप्लायर्स तथा फर्मले दर, परिमाण, गुणस्तर, डेलिभरीको समय, भुक्तानी अवधि समेत खुलाई यहि असार ९ गते देखि १९ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म आशयपत्र भरी लुम्बिनी केबलकार लिमिटेडको प्रोकुरमेन्ट शाखामा बुझाउन सकिने म्यानेजर घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकार लिमिटेडद्धारा आशय पत्र आव्हान
प्रतिक्रिया