spot_img

छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ घर भई हाल बुटवल बेलबास बस्दै आएका मोटर साइकल चालक २७ वर्षीय प्रशान्त खड्का र सोही ठाउँका २४ वर्षीय राजन खड्का घाइते भएका छन्
। घाइते दुबै जनालाई उद्धार गरी बुटवलको चौराह अस्पतालमा उपचार भैरहेको र अवस्था मध्यम रहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी हवल्दार पशुपति भट्टराईले जानकारी दिए । शनिबार साँझ बुटवल होराइजनचोकदेखि योगीकुटीतर्फ जाने क्रममा सडकमा रहेका छाडा चौपाया (गाई)सँग ठोक्किँदा दुर्घटना भएको हो । बुटवलमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम अझै हटेको छैन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर