एक मध्यम वर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने – खीर बनाउ आज ! स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ ।
आमा भान्सा कोठाबाट दौडँदै आइन र खुशी हुँदै भनिन – खै मलाई पनि देखाउनुस न ! म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो – बुबा यीनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ ? के यिनले यो पढ़न सक्छिन् ? यिनी त अनपढ़ हुन ।
अश्रु पूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन । यो सबै बुबाले हेरेर भने – हो छोरा, तैले एकदमै सही भनिस् । तेरि आमा अनपढ़ छे । जब हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिइ, मैंले सोचे – बिबाहपछि कहीँ घुम्न गएका थिएनौ । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौ । हिँड, यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा ! तर तेरी आमाले जोड़ दिएर भनिन – घुम्न डुल्न र एक अर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमसँग हुँदै जान्छ । त्यसपछि तेरो जन्म भयो । ऊ अनपढ थिई ।
जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउथी किनकी तेरी आमा अनपढ थिइ ।
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों । त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता र टिफिन बनाउँथी, किनकी ऊ अनपढ़ थिई ।
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस्, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ़ थिई ।
सानै देखि तँ धेरै समय बिमार रहन्थिस् त्यतिबेला ऊ रात भर जागेर पनि बिहान चाँडै उठ्थी र काममा लाग्थी किनकी छोरा ऊ अनपढ़ थिई ।
तेरो लागी ब्रान्डेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं वर्षभरि एउटै नै साडीमा रहन्थी किनकी ऊ अनपढ़ थिई ।
छोरो जो तेरो नजरमा पढे लेखेका मान्छेहरू छन, उनीहरू सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन् । तर तेरी आमाले आज सम्म कहिल्यै हेरिनन्, किनकी ऊ अनपढ हो ।
उसले खाना बनाएर र हामीलाई पस्किएर दिएपछि कहिलेकाहीँ आफैले खान नै बिर्सन्थी, त्यसैले म गर्वको साथ भन्छु – तेरी आमा अनपढ हो ।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अँगालो हाल्दै भन्छ – आमा मैले त कागजमा ९०% अंक ल्याको हो । तर तपाई मेरो जीवनलाई १००% बनाउने वालि पहिलो शिक्षक हुनुहुन्छ । आमा म आज पनि अशिक्षित छु र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, बेस्ट कुक यी सबैको दर्शन गरेँ । मलाई माफ गर्नुहोस् आमा ।