spot_img

गैडहवा वडा न ९ मा भि आई ए शिविर १४३ लिए सेवा ७ जनामा पोजेटिभ

रुपन्देहीको गैडहवा गाउंपालिका वडा न ९मा महिलाहरुको लागी पाठेघर खस्ने समस्या , बाझोपन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ

जम्मा १४३ जनाले सेवा लिएकोमा ७ जना शंकास्पद भि आई ए पोजेटिभ,१ जना शंकास्पद lipoma लाईपोमा र २० जनामा सेतो पानि बग्ने समस्या पाइएको हो

कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष सुरेन्द्र पौडेलले सधै महिलाहरुको हक हित र स्वास्थ्य क्षेत्रमा सधैं प्राथमिकता राखेर काम गरिरहेको बताउनु भयो।

। गैडहवा गाउंपालिका स्वास्थ्य शाखाको आयोजना गैडहवा गाउंपालिका वडा न ९मा महिलाहरुलाई लक्षित गरि सो स्वास्थ्य शिबिर सम्पन्न गरिएको हो । गैडहवा गाउंपालिका वडा न ९ अध्यक्ष मिना क्षेत्रीको अध्यक्षता ,गाउंपालिका , शिवनगर स्वास्थ्य चौकी का इन्चार्ज बन्दना चौहानको स्वागत र गैडहवा गाउंपालिका स्वास्थ्य शाखाका नर्सिङ प्रमुख सिता गौतमको सन्चालनमा कार्यक्रम भैरहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर