नेपालमा चिनिया गतिबिधि बढ्दै
सीपीपीसीसीका उपाध्यक्षको नेपाल भ्रमण
काठमाडौं असार –३
नेपालमा जब राजनीतिक अस्थिरता बढ्छ, त्यस सगै चीनिया गतिबिधी पनि बढ्ने गरेको पाईएको छ । नेपालमा केही समय अघि मात्र भएको सरकारको गठन र सरकारको आयुका सम्बन्धमा भईरहेको विभिन्न अनु्मानको बिचमा चिनिया जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्षले चार दिने नेपाल भ्रमण गरेका छन् ।
भ्रमणको क्रममा उनले नेपालका उपराष्ट्रपति रामसराय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल,परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत संग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल सरकारको तर्फबाट भेटवार्ताहरु द्धिपक्षीय सम्बन्ध, आपसी सहयोग भएको बताइएता पनि चिनिया पक्षबाट राजनीतिक तहमा भएको यस भेटघाटलाई सुरक्षा र राजनीतिक तहमा केन्द्रित रहेको परराष्ट्र सम्बन्धी जानकारहरुले बताएका छन् ।सीपीपीसीसी चिनिया कम्युनिष्ट पार्टी र सरकारको उच्च राजनीतिक सल्लाकार संयन्त्रको रुपमा रहेको छ ।