spot_img

गैडहवा गाउँपालिका युवाहरूलाई ड्राइभिङ तालिम

रुपन्देहीको गैडहवा गाउँपालिकाले ४२ जना युवाहरूलाई १५ दिन ड्राइभिङ तालिम दिएको छ।
गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले युवाहरूलाई सीप सिकाउदै रोजगार सिर्जना गर्ने उदेश्यले तालीम सुरुवात गरिएको र छोटो समयमा समयमा ब्यबस्थापन गरेर ड्राइभिङ सिकाएकोमा नब्बे ड्राइभिङ सेन्टर सामाजिक बिकास शाखा लगाएत सहयोग गर्ने सम्पूर्ण लाई अध्यक्ष पौडेल धन्यवाद दिनु भयो ।

गैडहवा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले पालिकाले सीप सिकाउदै अब स्वयं आफुले चाहना गरेर लाइसेन्स निकाली रोजगारमा लाग्न सम्पूर्ण लाई शुभकामना दिनु भयो।
पालिका सामाजिक बिकास संयोजक रचना गौतमले कुनै पनि तालीम सीप सिक्नु भन्दानी सिकेका कुरा प्रयोगमा लिएमा पालिकाले लगाएको लगानी सहि सार्थक हुने बताउनु भयो।
सहभागी तर्फबाट कृष्ण थापाले तालिम उपलब्धीमुलक रहेको बताउदै सिक्ने समय थपेमा सिक्न थप सजिलो हुने बताए

कार्यक्रममा स्थानीय , समाज सेवि सञ्चारक्रमी लगाएत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम गैडहवा गाउँपालिका को आर्थिक सहयोग नब्बे ड्राईभिङ्ग सेन्टर को प्राविधिक सहयोगमा सम्पन्न भएको थियोे
कार्यक्रमको सन्चालन नारायण पोख्रेलले गर्नु भएको थियोे

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर