क्याम्पस प्रमुख हत्याको छानबिनको माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द
बुटवल असार २ गते
नेपाल पब्लिक क्याम्पस संघले आज देशभरमा सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । बाराको कलैया स्थित रामराजा मोशनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहको गोली हानी हत्या गरेको घटनाको छानबिनमा माग गर्दै आईतबार सामुदायिक क्याम्पस बन्द गरिएको हो ।
पब्लिक क्याम्पस संघले एक विज्ञप्ति जारी गर्दै दोषीलाई यथाशीध्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकार संग माग गरेको छ । नागरिकको बाच्न पाउने मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याम्पस प्रमुख कुशवाहको शुक्रवार अज्ञात समूहले मोटर साईकलमा कलैया फर्कने क्रममा आर्दश कोतवाल गाउँपालिका –३ बतरा गाउँको लगंहासना मन्दिर अगाडि गोली हानीएको थियो । गोली लागि गम्भीर घाईते भएका कुशवाहको बीरगञ्ज स्थित व्योधा अस्पतालमा मृत्यु भएको थियो ।
क्याम्पस प्रमुख हत्याको छानबिनको माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द
प्रतिक्रिया