एडभान्स कम्प्युटर तालिमको समापन कार्यक्रम
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ कार्यालय, मानमटेरियाको आयोजनामा एडभान्स कम्प्युटर तालिम समापन कार्यक्रम जनता माध्यमिक विद्यालयको हलमा शनिबार सम्पन्न भएको छ।सो एडभान्स कम्प्युटर तालिम ०८०कार्तिक १५ गते देखि सुरुवात भएको थियो।शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमनारायण चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बस्यालले अहिलेको शताब्दीमा कम्प्युटर शिक्षा अनिवार्य भएकाले सबैले सिक्नुपर्ने बताउदै।तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र यसको औचित्य सफल हुने र बालबालिका हरुलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिमको उद्देश्य अनुरुप सिकेका सीपलाई व्यवहारमा उतार्दै युवायुवती हरु आयआर्जनमा उन्मुख हुन आग्रह आग्रह गर्नुभयो।७ का वडा अध्यक्ष भीमनारायण चौधरीले वडा नम्बर ७ कार्यालयले एडभान्स कम्प्युटर तालिम दिएको अवसरलाई सही रूपमा सदुपयोग गर्न सहभागीलाई आग्रह गर्दै
सिकेको सिपलाई उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले अहिले कम्प्युटर शिक्षा महत्वपुर्ण भएकाले आगामी दिनमा विशेष कक्षा समेत संचालन गरिने बताउनुभयो।
वडा ६ का नम्बर वडा अध्यक्ष उपेन्द्र शाहानीले प्रविधिको समुचित प्रयोग गरेको खण्डमा मनग्य कमाउन सकिने सम्भावना पर्याप्त छन्। सरकारीदेखि गैरसरकारी क्षेत्रमा जागिर खान पनि कम्प्युटर शिक्षा अनिवार्य रहेको बताउनुभयो।शुद्धोधन गाउँपालिका वडा नम्बर ७ मानमटेरियामा रहेको १० ओटा टोल बाट +2 र bachelor मा अध्यनरत बालबालिकाले सो ६ महिने एडभान्स कम्प्युटर तालिममा सहभागी भएको वडा नम्बर ७ का वडा सचिव माधव चौधरीले बताउनुभयो।