बालबिवाह विरुद्ध सशक्तीकरण अभियान
सरोकारवालासँग सिकाई आदानप्रदान कार्यक्रम
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ मा संरक्षण, समान शक्ति सम्बन्ध, सामाजिक न्याय र आत्मसम्मान”विवाहवारी २० वर्ष पारीको मुल नाराका साथ सिर्जनशील संस्था नेपाल (सिन)को “बाल विवाह विरुद्ध सशक्तीकरण अभियान” परियोजना अन्तर्गत शुद्धोधन गाउँपालिका वडा नम्बर ७ अवस्थित जनता मा.वि.मा बालबिवाह विरुद्ध सशक्तीकरण अभियान सरोकारवालाहरु सँग सिकाई आदानप्रदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ। सिर्जनशील संस्था नेपालका अध्यक्ष विजु पौड्यालको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुद्धोधन ७ का वडा अध्यक्ष भीमनारायण चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष उपेन्द्र शाहानीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियोे।शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले
बालविवाह सम्बन्धित गाउँमा कानुनी प्रावधान, सजायको व्यवस्थासँगै यसबाट हुने शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गर्न सकिने र दिगो विकासका लक्ष्यमध्ये बालविवाह न्यूनीकरण पनि एक हो लक्ष्य प्राप्ति गर्न र हाम्रो पालिकाका समस्त समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह घटाउन आवश्यक भएको अध्यक्ष बस्यालले बताउनुभयो।शुद्धोधन ६ का वडा अध्यक्ष उपेन्द्र शाहानीले बालबिवाह विरुद्धमा सबैले हातेमालो गरेरमात्र बालबिवाह मुक्त हुने र हालैमा वडा नम्बर ६ लाई बालबिवाह मुक्त वडा बनाउन सहयोग गर्नुभएको मा धन्यवाद दिदै अबको दिनमा समग्र पालिका लाई बालबिवाह मुक्त घोषणाका लागि सबै लागि पर्न आग्रह गर्नुभयो।उक्त कार्यक्रममा शुद्धोधन ७ का वडा अध्यक्ष भीमनारायण चौधरी,बेलवा आधारभूत बिद्यालयका प्रअ खिमान्नद भुसाल,नागेश्वर टोलविकास समितिका अध्यक्ष तुल्सीराम कडेल,मधुबनी टोल विकासका जयप्रकाश यादव,किशोरी सिमा लोध लगायतले शुभकामना दिनुभएको थियो।सिर्जनशील संस्था नेपाल (सीन)का कार्यकारी निर्देशन प्रतिमा शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।



