spot_img

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला
काठमाडौं असार –१ गते
आज बिहान ४ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएका छन् । मन्दिरमा दर्शनार्थीको संख्या बढे संगै बिहानको समयमा मन्दिरका चारै वटा ढोकाबाट दर्शनार्थीले दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको चारैवटा ढोका खोलिएको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाकि तीन वटा ढोका खोलिने गरिएकोमा आजदेखि चारैवटा ढोका बिहान ४ बजेदेखि नै खोलिएको हो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर