spot_img

स्वीटजरल्याण्ड स्थित नेपाली राजदूतावासले ग–यो राष्ट्रपतिको स्वागत

स्वीटजरल्याण्ड स्थित नेपाली राजदूतावासले ग–यो राष्ट्रपतिको स्वागत समारोह
बुटवल असार –१
स्वीटजरल्याण्डमा रहेको नेपाली राजदूतावासले शुक्रवार स्वीटजरल्याण्ड भ्रमणमा रहेका नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत समारोहको आयोजना गरेको छ । स्वागत समारोहमा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदीले राष्ट्रपति पौडेलको स्वागत गरेका थिए ।
स्वागत समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीटजरल्याण्डका राष्ट्रपति संग भएको भेटले दुबै देशको सम्बन्धलाई अझै सुदृढ गराउनुको साथै आईएलओको कार्यक्रममा भएको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको बताए ।
राष्टपति पौडेलले अन्तराष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामानिक न्यायको लागि विश्वव्यापी गठबन्धनको उद्धाटन सत्रलाई जेठ ३१ गते बिहीवार सम्बोधन गरेका थिए ।
राष्ट्रपति पौडेल भोलि असार २ गते जर्मनीको भ्रमणमा जाने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर