गण्डकी प्रदेशका मन्त्री भए सांसद पदबाट मुक्त
पोखरा जेठ–३२
नेकपा (माओवादी केन्द्रको) चुनाव चिन्ह बाट निर्वाचित भई माओवादीको भनाईमा हाल फ्लोर क्रस गरी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यही जेठ २८ गते विश्वासको मत दिएर जेठ २९ गते गण्डकी प्रदेशको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रीमा नियुक्त फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेश सभा सदस्यबाट निष्कासन गरी दल त्याग गरेको सूचना शुक्रवार प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले वाचन गरी सुनाएका थिए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुनामले देवाकोटालाई कारवाही गरेको जानकारी सहितको पत्र शुक्रवार नै संसद सचिवालयमा बुझाएका थिए ।
शुक्रवार प्रदेशसभाको दोस्रो बैठकमा सभामुखले माओवादी केन्द्र प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसदलार्ई जानकारी गराएका थिए ।