spot_img

समाजिक कार्यमा सदै अग्रभागमा हुने रुपा भुजेल

समाजिक कार्यमा सदै अग्रभागमा हुने रुपा भुजेल

रुपा भुजेल गुल्मी जिल्लाको जुनिया गाउँमा वुबा सोम बहादुर बिक र आमा ओमकला वि.क.को कोखबाट वि.स. २०४५ साल माघ १४ गते जन्मिएका हुन ।
गुल्मीको जुनिया माध्यमिक बिद्यालयमा अध्ययन गरेका भुजेल समाजमा अति मिलनसार, निडर, साहसी स्वभावकी छिन। अन्याय र अत्याचारको भण्डाफोर गरिहाल्ने स्वाभावका रुपा भुजेल सबैको भरपर्दा ब्यक्तीमा दर्जा  छिन।
आवाज विहिनहरुको आवाज बुलन्द गर्ने आँट बोकेकी उनी सानो उमेरदेखि समाज सेवाको क्षेत्रमा प्रवेश गरेकी हुन। सामाजिक कार्यमा सदैव अघि सर्ने भुजेल विभिन्न संघसंस्थामा आवद्ध छिन ।
“कोहि उत्पीडनमा पर्नु हुदैन, समाजमा सबैको समान अधिकार हुनुपर्छ । धनी र गरीब बीचमा बढिरहेको अनावश्यक दुरी अन्त्य गर्न संघर्ष बिना संभव छैन” भनेर हर बखत अन्याय र अत्याचारको विरुद्धमा आवाज बुलन्द गर्ने रुपा भुजेल समाजका सबै मानिस बीच देखापर्ने मनमुटाव, झगडा र अन्तरविरोधहरुलाई गाउँमा आउन नपाउँदै समाधान गर्न तत्पर रहन्छिन।
हरेक मानवीय सहयोग उहाँको निश्वार्थ र पुर्वाग्रह रहित स्वाभाव भएका कारण हरेक अन्यायमा परेका ब्यक्तीहरुलाई न्याय दिन अघि सरिहाल्ने उनको बानीछ।
“देशबाट अन्याय, अत्याचार, भ्रष्टचार, शोषण हटाउन एवं देश र जनताको मुक्तिको लागि हामी निरन्तर अगाडि बढ्नुपर्छ” भन्ने रुपा भुजेल समाजमा लोकप्रिय हुनु साँच्चै निस्वार्थ भावना र समाजसेवाकै प्रतिफल हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर