स्थानीय तहमा बढ्दो भ्रष्ट्राचार, तीन पालिकाका मेयर उपमेयर निलम्बन
काठमाडौ जेठ –३२
गाउँ– गाउँमा सिहंदरवार भन्ने मूल मर्म र भावनाका साथ नेपालको संविधान २०७२ बमोजिम राज्य पुनःसंरचना भई स्थानीय सरकारको गठन भएको हो । स्थानीय सरकारलाई जनताको घरदैलौको सरकारको रुपमा लिने गरिन्छ । अहिले स्थानीय सरकार गठनको दोस्रो कार्यकाल चलिरहेको छ । तर पछिल्लो समय स्थानीय सरकारमा व्यापक विचलन देखा परेको छ । स्थानीय सरकारको नेतृत्व गरिरहेका पालिका प्रमुख, उपप्रमुखहरुनै एक पछि अर्को गर्दै भ्रष्टा«चारमा सलंग्न हुने गरेको पाईएको छ । अहिले ललितपुरको गोदावरी, सर्लाहीको बाग्मती र महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुख भष्टा«चारको आरोपमा निलम्बनमा परेका छन् ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन र उपमेयर मुना अधिकारी सहित १४ जना बिरुद्ध खानी तथा खनिजजन्य वस्तुको बिक्रिबाट प्राप्त हुने राजश्व हिनामिना गरेको अभियोगमा जेठ २१ गते विषेश अदालतमा मुद्दा दायर गरेपछि अहिले मेयर, उपमेयर दुबै निलम्बनमा छन् ।
यसैगरी बाग्मती नगरपालिकाका मेयर भरत बहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तान सहित ६ जना बिरुद्ध सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कसुरमा मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन लगायत ११ जना बिरुद्ध निर्माण कार्यमा गुणस्तरहिन काम गरी भ्रष्ट्राचार गरेको अभियोगमा मुद्दा दायर भए संगै निलम्बनमा परेका हुन् ।