बाग्लुङ जिल्ला बडिगाड गाउँ पालिका भानु माध्यमिक बिद्यालयमा अध्यन गरेर रिजल्ट आउनसम्म बिद्यार्थी हरुको लागि सिम मुलक तालिम दिएको छ
कार्यक्रमका प्रमुख अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले माछा मारेर माछा दिन सक्दैन तर माछा मार्ने सीप दिन सकिन्छ भन्दै सामाजिक संजालमा पोस्ट गर्नु भएको छ।उहाँले सीप सिक्नलागेका हरुलाई हौसला संगै पालिकाले अब रोजगार र प्रतिफल दिने क्षेत्रमा मात्रै नयाँ बजेट विनियोजन गरिने बताउनु भयो।
अध्यक्ष अधिकारीले हाम्रा विद्यार्थी दक्ष र सिपयुक्त विद्यार्थी बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नं ५ मा अवस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिएका २० जना विद्यार्थीहरुलाई सिप र क्षमता अभिवृत्ति गर्नको निमित्त ३० दिने सिलाई कटाइ तालिम संचालन गरिएको बताउनु भयो।
वडा अध्यक्ष बिष्णु प्रसाद आचार्यले आफुहरुको चाहाना युवालाई रोजगार दिने सिपमुलक तालिम दिने छिटोछरितो जनता लाई सेवा दिने बताउनु भयो।
कार्यक्रममा बोल्ने सम्पूर्ण ले पालिका र वडाला राम्रो कार्यक्रमको सुरुवात गरेकोमा धन्यवाद दिएका थिए
बडिगाड वडा ५ कार्यलय ग्वालीचौरको आर्थिक व्यवस्थापनमा एक महिना सम्म तालीम सन्चालन हुनेछ तालिममा २० जनाको सहभागीता रहेको छ ।



