लुम्बिनी केबलकार र महालक्ष्मी विकाश बैंक बीच सम्झौता
बुटवल जेठ– ३०
लुम्बिनी केबलकार लिमिटेड र काठमाडौं केन्द्रिय कार्यालय रहेको महालक्ष्मी विकाश बैंक बीच व्यापारिक सम्झौता भएको छ । केबलकारको व्यापार बिस्तार अभियान अन्र्तगत सम्झौता भएको हो । सम्झौता बमोजिम बैंकको कुनै पनि शाखामा कार्यरत कर्मचारीहरुले लुम्बिनी केबलकारको यात्रामा २० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र महालक्ष्मी विकाश बैंकको तर्फबाट डिपोजिट, मार्केटिङ्ग तथा कर्पोरेट कम्युनिकेशन शाखा प्रमुख बशन्त वक्सीले हस्ताक्षर गर्नु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।