spot_img

तिनाउ खोलामा डुबेर एक बालकको मृत्यु

तिनाउ खोलाको ड्याम साइडमा डुबेर एक बालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याम साइटमा डुबेर आइतबार दिउँसो एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भारतदेखि घुम्न आएका बालकको पौडी खेल्ने क्रममा दिउँसो करिब २ बजेको समयमा डुबेर मृत्यु भएको हो ।
भारत उत्तरप्रदेश जिल्ला गोरखपुर थाना सैजन्वा रंगोलीग्रामका १५ वर्षीय आर्यन कुमार डुबेर वेपत्ता भएका थिए । घटना लगत्तै तिनाउको दोभान प्रहरी चौकी र स्थानीयको प्रयासमा उनको खोजी गर्दा मृत अवस्थामा भेटिएका थिए । आफ्नो परिवारसँगै भारतदेखि १५÷१६ जनाको समूहका आएको समयमा बालक पनि पौडी खेल्न खोलामा गएका थिए । घटना बारे थप अनुसन्दा धारी रहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर