spot_img

केबलकारको माथिल्लो स्टेशनमा नमस्ते नेपाल द्धारा वृक्षारोपण

केबलकारको माथिल्लो स्टेशनमा नमस्ते नेपाल द्धारा वृक्षारोपण
दिनेश घिमिरे
पाल्पा जेठ –२७
नेपालको प्रमुख पर्यटकीय गनतव्य मध्येको एक बुटवल – पाल्पा लुम्बिनी केबलकार लिमिटेडको टप स्टेशनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था नमस्ते नेपालको आयोजना र लुम्बिनी केबलकारको सहजीकरणमा वृक्षारोपण गरिएको नमस्ते नेपालका अध्यक्ष मनिस भुसालले बताउनु भयो ।
नैतिकवान विवेकशील व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व भन्ने मूल नाराका साथ वार्षिक कार्यक्रम अन्र्तगत हरेक वर्ष वृक्षारोषण गर्दै आईरहेको यस संस्थाले यस वर्ष यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा वृक्षारोपण कार्य गरेको संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेलले बताउनु भयो ।
कार्यक्रममा नमस्ते नेपालका सल्लाहकार एवं सामुदायिक वन समन्ययन समिति तिनाउ –३ पाल्पाका अध्यक्ष दल बहादुर गुरुङ्गले मानव जीवनको लागि रुखहरुको आवश्यकता र वन, वातावरण, जैविक विविधताका बारेमा प्रकाश पार्नुभएको थियो ।
लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ –३ पाल्पा समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाँईमा रहेको छ भने केबलकारको तल्लो र माथिल्लो स्टेशनको बीचमा झण्डै ८ देखि १० डिग्रीको तापक्रम फरक हुने गरेको केबलकार लिमिटेडले जनाएको छ । ३ किलोमिटरको केबलकार यात्रा बाट लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा पुग्न सकिन्छ भने केबलकारको एकै यात्रा बाट नेपालको तराई, पहाड र हिमालको अनुभुति गर्न सकिन्छ । नेपालको विभिन्न स्थानहरुबाट र भारतको विभिन्न राज्यहरु बाट दैनिक संयौको संख्यामा यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय एवं लुम्बिनी घुम्न आउने अन्य देशका पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा विकशित भएको लुम्बिनी केबलकार कम्पनीले जनाएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर