spot_img

मालपोत कार्यालय सेवा अब बुटवल बेलबासबाट

मालपोत कार्यालय सेवा अब बुटवल बेलबासबा

कृष्ण रणपाल बुटवल
बुटवल, २१ जेठ । बुटवल – ८ सुख्खानगरमा २०७१ सालदेखि सेवाग्राहीलाई सेवा दिदै आएको मालपोत कार्यालय बुटवलको सेवा सोमबारदेखि बुटवल – १३ झोलुङ्गेपुलस्थित बेलबासबाट सेवा सुभारम्भ गरेको गरेको छ । स्थायी भवन निर्माणको कार्य सम्पन्न नभएकोले केही वर्षका लागि भाडामा लिएर नयाँ ठाँउबाट औपचारिक रुपमा कार्यालयको सेवा सुभारम्भ गरेको हो । मालपोत कार्यालय बुटवलको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को समन्वयमा कार्यालयका बुटवल प्रमुख दामोदर भण्डारीको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले धेरै मेहनतले मालपोत कार्यालय बुटवल – १३ मा सार्न सफल भएको बताए ।

उनले नापी कार्यालयले आफ्नै भवनमा सेवा सुभारम्भ गरेपनि मालपोत कार्यालय भने निर्माण कार्यमा केही समस्याका कारण ढिलो भएको बताए । उनले स्थानीय जनताका गुनासाहरु कार्यालय प्रमुखहरूले सुनुवाई गर्दिन आग्रह गर्दै लेखापढी व्यवसायीहरुलाई पालिकामा करको दायरामा आउनुपर्ने बताए । त्यस्तैगरी कार्यक्रमका बिशिष्ट अतिथिका रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बोल्दै मालपोत कार्यालय सुख्खानगरबाट बेलबास स¥यो है भन्ने एउटा म्यासेज सरोकारबालाहरुसंग सम्प्रेषण गर्ने व्यवस्था गरेकोमा मालपोत कार्यलय लाई धन्यवाद दिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले ठाँउ परिवर्तन गरेर मात्रै जनताको सेवामा सुधार ल्याउन नसकिने बताउँदै कर्मचारीहरुको सोच र मानसिकतामा परिवर्तन हुन नागरिकका गुनासालाई चासोका साथ चुस्त र दुरुस्तरुपमा हुने गरी काम गनुपर्ने बताए । उनले आफू २६ वर्षदेखि सार्वजनिक सेवामा बिताएको बताउँदै रुपन्देहीमा रहेर आफ्नो कार्यकालमा कटिबद्ध भएर लागेको बताए । उनले राज्यको ढुकुटी लुट्ने र नदीनाला दोहन गर्नेहरु जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताउँदै काम गर्दा सधैं सेवाग्राही तथा जनताको पक्षमा रहेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले बोल्दै बुटवल भनेर तिनाउ पूर्व चिनिदै आएकोमा पछिल्लो समय नापी र मालपोत कार्यालय सरेसंगै बेलबास झनै गुल्जारमय भउकोले जनताका कामहरु एउटै ठाउँबाट पूरा गर्न सहज हुने बताईन । उनले कुनै पनि नागरिकले सेवा लिन आउदा सहज रुपमा लिने वातावरण गराउन र सेवाग्राहीलाई गुनासोमुक्त बनाउन आग्रह गरिन् । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण प्रसाद पुन, लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, लेखापढी व्यवसायी एशोसियशन बुटवल ईकाई अध्यक्ष रमेश पाण्डे, नागरिक समाजका तर्फबाट पूर्व जनप्रतिनिधि विष्णु कुमारी शर्मालगायतले बोल्दै नापी र मालपोत कार्यालयसंगै हुँदा सेवागा्रहीलाई सेवा लिन अत्यन्तै सहज हुने बताए ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डित, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीलगायतका नागरिक समाज, बुटवल – १३ का स्थानीय बासीहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत दामोदर भण्डारीले बोल्दै छिटो, छरितो र सहजरुपमा जनताले सेवा प्राप्त गरुन् भनेर मालपोत र नापी कार्यालय बेलबासमा सारिएको बताए । उनले मालपोत कार्यालयको भवन निर्माण चरणमा रहेकोले छिट्टै आफ्नै भवनबाट सेवा दिने बताउँदै बेलबासमा मालपोत ल्याउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षलगायत जनप्रतिनिधिहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । मालपोत अधिकृत लिलादेवी अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रविन्द्र अर्यालले गरका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर