spot_img

साहसिक खेलमा बालबालिकाको बढ्दो आर्कषण

साहसिक खेलमा बालबालिकाको बढ्दो आर्कषण
बशन्तपुर जेठ १७
विशेष गरी युवाहरुको लोकप्रिय साहसिक खेलहरुमा बालबालिकाको पनि रुचि बढ्दै गएको देखिएको छ । लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ –३ पाल्पामा साहसिक खेलहरुको व्यवस्था भएसगै बालबालिकाको रुची बढ्दै गएको पाईएको हो । बुटवल लगायत तराईको स्थानहरुबाट गर्मी छल्नको लागि बशन्तपुरमा जाने अभिभावक सगसगै सहभागि हुने बालबालिकाहरु साहसिक खेलमा सहभागि हुने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
केबलकारको माथिल्लो स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुरमा जिपलाईन, स्काई साईकिलिङ्ग, जाईन्ट पिङ लगायत साहसिक खेलहरु खेल्ने पर्याप्त व्यवस्था रहेको छ । एकीकृत पर्यटन प्रवद्र्धनको लागि केबलकारको साथसाथै अन्य साहसिक खेलहरुको पर्याप्त व्यवस्था गरिएको केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले बताउनु भयो ।
कपिलवस्तु, रुपन्देही, पाल्पाबाट बिहिवार केबलकारको यात्रा गरी बशन्तपुर पाल्पा पुगेका बालबालिकाहरु साहसिक खेल जिपलाईन, जाइन्ट स्वीङ्ग र स्काई साईलिङ्गमा भेटिए । साहसिक खेलकुदमा सहभागि हुँदा बिछिट्टै आनन्दको अनुभूचि भएको ती बालबालिकाहरुले बताए ।
समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाईमा रहेको पाल्पा बशन्तपुर नेपालका रमणीय क्षेत्रहरु मध्येको एक हो । पहाडको दृश्यालोकनको लागि यो क्षेत्र आर्कषक मानिन्छ । दृश्यालोकनको लागि यहाँ नेपाल तथा भारतबाट संयौको संख्यामा पर्यटक आउने गरेको र बुटवल लगायत तराईको तापक्रम ४० डिग्री माथि पुग्दा बशन्तपुरमा २८–३० डिग्री मात्र तापक्रम हुने गरेको लुम्बिनी केबलकारले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर