आठौं राष्ट्रिय भलिवल क्लबका खेलाडिद्धारा माँ कामाख्याको दर्शन
बशन्तपुर पाल्पा जेठ –१५
दिनेश घिमिरे
नेपाल भलिवल संघद्धारा यही जेठ १९ गतेदेखि २६ गतेसम्म काठमाडौंमा सञ्चालन हुन गईरहेको आठौं प्रधानमन्त्री कप एनभीए महिला भलिवल लिगमा छनोट एभरेष्ट भलिवल क्लवका प्रशिक्षक एवं खेलाडीहरुले तिनाउ –३ पाल्पामा अवस्थित शक्तिपीठ माँ कामाख्या मन्दिरमा दर्शन तथा पूजा आराधना गरेका छन् ।
माँ कामाख्याको पूजा, आराधना एवं आर्शिवाद बाट सफलता प्राप्त हुने आशा र विश्वासका साथ पूजा, आराधना गरिएको एभरेष्ट भलिवल क्लवका अध्यक्ष एवं प्रशिक्षक अर्जुन घिमिरेले बताउनु भयो ।
माँ कामाख्याको पूजा, आराधनामा एभरेष्ट भलिवल क्लवका प्रशिक्षक अर्जुन घिमिरे सहित खेलाडीहरु निशा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मीना के.सी., प्रशंसा बौडेल, रितु पुन, हस्ति थारु, यमकला कुँवर लगायत रहेका छन् ।
आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ गरी कुल १४ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा यही ०८० साल चैत्र ३ गतेदेखि १० गतेसम्म काठमाडौमा सम्पन्न भएको आठौं आरबीबी एभीए महिला तथा पुरुष च्याम्पियनसिप बाट छनोट भएका टिमको मात्र सहभागिता रहनेछ ।
महिला भलिवल प्रतियोगिता तर्फ नेपाल प्रहरी, एपीएफ क्लव, चन्द्रागिरी न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लव र कर्णाली भलिवल टिम गरी ६ क्लवको सहभागिता रहेको छ ।
उपत्यका बाहिरबाट छनोट दुई क्लव मध्ये एभरेष्ट क्लव एक हो ।
माँ कामाख्या मन्दिरमा खेलाडीहरुको सफलताको लागि विशेष पूजा, आराधना गरिएको माँ कामाख्या मन्दिरका पूजरी सुरेश पौडेलले बताउन भयो ।
सती स्वरुपिनी आदिशक्ति महाभैरवी कामाख्या देवीलाई विश्वको सबैभन्दा उच्च कुमारी देवी मानिन्छ । ६ (छ) वटा टाउको र १५ (पन्ध्र)वटा नाम भएकी कामाख्या देवीलाई तन्त्र साधना, मनको इच्छा कामना तथा आकांक्षा परिपूर्तिका लागि पूजा, आराधना गर्ने गरिन्छ ।