विदेशी पर्यटकको रोजाई बन्दै बुटवल –बशन्तपुर
युद्धरत देश युक्रेनका पाईलटले गरे माँ कामाख्या दर्शन
दिनेश घिमिरे
पाल्पा जेठ –१३
युद्धरत देश युक्रेनको लोकस्ट चार्टड कम्पनी स्काई अप एयरलान्सको वोइङ्ग ७३७–७०० का पाईलट क्याप्टेन ओले पोपोभिच, सेर्जी व्लिज निकोश सहितको चालक दलले तिनाउ –३ पाल्पामा अवस्थित माँ कामाख्या मन्दिरको दर्शन गरेका छन् । बुटवल बाट लुम्बिनी केबलकारको यात्रा गरि बशन्तपुर पुगेर माँ कामाख्याको दर्शन, पूजा, आराधाना गरेको माँ कामाख्याका मूल पुजरी सुरेश पौडेलले बताउनु भयो ।
लिबियामा शान्ति स्थापनाको लागि तैनाथ नेपाली सेनाको स्पेशल गार्ड युनिटको डफ्फामा कार्यरत ५९ नेपाली सैनिकहरुलाई लिएर वोइङ्ग ७३७–७०० का पाईलट क्याप्टेन ओले पोपोभिच सहित चालक दल इजिप्टको अन्तर्राष्ट्रिय विमानस्थल हुर्गादा विमानस्थल बाट जेठ –६ गते काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
यहि जेठ १३ गते उक्त विमान काठमाडौं बाट बहराइनको लागि उडानको तालिका रहेकोले विमान पार्किङ्गको लागि जेठ–८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएको थियो ।
सक्षिप्त कुराकानीको क्रममा चालक दलका सदस्यहरुले पहिलो पटक नेपालमा आएको र बुटवल–बशन्तपुर केबलकार बाट यात्रा गरी प्राकृतिक सौन्र्दयताले भरिपूर्ण नेपालको मनोरम दृश्यहरुको अवलोकन बाट उत्साहित भएको, युक्रेनमा रसियाको अतिक्रमण बाट भएको मानविय र धनजनको क्षति प्रति दुख प्रकट गदै युद्धको अन्त्य र विश्व शान्तिको कामना सहित माँ कामाख्या संग प्रार्थना गरेको बताएको माँ कामाख्याका पुजरी सुरेश पौडेलले बताउनु भयो ।