spot_img

पर्यटन प्रर्वद्धन विकाशमा लुम्बिनी प्रदेश अन्र्तगत बुटवलको भूमिका

पर्यटन प्रर्वद्धन विकाशमा लुम्बिनी प्रदेश अन्र्तगत बुटवलको भूमिका
लेखक प्रज्वल घिमिरे
नौलो स्थानमा गई त्यहाँको आर्थिक क्रियाकलापमा संलग्न भई समय बिताउने व्यक्तिलाई पर्यटक र त्यस्तो व्यवशायलाई पर्यटन उद्योगको रुपमा परिभाषित गरिएको हुन्छ ।
नेपालभर सबै तिर सदैव सुनिदै आएको विषय हो, नेपालमा पर्यटनको प्रचुर संभावना छ । नेपालले विदेशी मुद्रा आर्जन गर्ने माध्यम पर्यटन उद्योग नै हो । नेपाल भित्र जल, जमिन, जंगल, जडिबुटी, श्रम बजारको लागि आवश्यक जनशक्ति पर्याप्त मात्रामा रहेको छ । तर नेपालमा किन उल्लेख्य रुपमा पर्यटनको प्रर्वद्धन विकाश हुन सकिरहेको छैन त ? खोजि हुन आवश्यक देखिन्छ ।
सबै अवशरहरु संभावना भित्र नै रहेका हुन्छन् । सबै अवशरहरुको निर्माणमा संभावनाले महत्वपूर्ण भूमिका खेल्ने गरेको पाईन्छ । वर्तमानमा लुम्बिनी प्रदेशको नेतृत्व गर्न सार्मथ्यवान बुटवलले अवशरहरुको खोजी गर्न सक्छ । यो महत्वपूर्ण हुन आउछ ।
अहिले दैनिक जसो सामाजिक सञ्जालहरुमा सुन्नमा आउने गरेको विषय हो बुटवलको व्यापार घट्दो छ । केही समय अघि सम्म सटर पाउनको लागि पर्खनु पर्ने बुटवलका मुख्य क्षेत्रहरुमा सडर भाडामा छ भनि सूचना टासिएको भेटिन्छ । खासमा यो अवस्था आउनु को कारण के होला खोजी हुन आवश्यक देखिन्छ ।
यसरी प्रश्नहरुको प्रस्तुति गर्दैगर्दा उत्तर नभएको भने होईन । हामीहरु संग उत्तर छ । केबल प्रस्तुत गर्न सक्नु पर्ने हुन्छ । यो भन्नुको अर्थ यति मात्र हो अब परम्परागत रुपमा चलिरहने हो भने अव अगाडि बढ्न अत्यन्तै गा–हो छ ।
नेपाल विश्वका दुई उदयमान अर्थतन्त्र र विश्व बजारको बीचमा अवस्थित रहेको छ । नेपालले अथाह सम्भावना बोकेको छ । तर मात्र हासिल गर्न सकिरहेको अवस्था छैन । यो सबै हुनुमा आन्तरिक एवं बाह्य कारणहरु रहेका छन् । अझ बाह्य कारणहरु भन्दा पनि आन्तरिक कारणहरुले विद्यमानताको यो अवस्था लाई इंकित गर्दछ ।
केही वर्ष अघि सम्म यी र यस्तै प्रश्नमा रहेको चितवन अहिल देशको एक मेडिकल हवको रुपमा पहिचान बनाउन सफल भएको छ । केही वर्ष अधि सम्म यसरी नै अलमलमा रहेका देशका अन्य क्षेत्रहरुले अहिले नविनतम् जोस र जागरुपताका साथ गनतव्य निद्र्यारण गरिरहेको भेटिन्छन् ।
लुम्बिनी प्रदेशमा अवस्थित बुटवल, रुपन्देही भारत संग सीमा जोडिएको जिल्ला पनि हो । नेपालको लुम्बिनी प्रदेशको जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ्ग, नेपालगंज भारतको उत्तर प्रदेश संग जोडिएका जिल्ला हुन् । भारतको उत्तर प्रदेश राज्य औधोगिकिकरण, जिडिपी लगायतको तथ्याङ्गहरुमा पछिल्लो समय अब्वल बन्दै गईरहेको भेटिन्छ । फेरी समय सगसगै आउने पुष्ता परिवर्तन संगै पछिल्लो भारत उत्तर प्रदेशमा रमाउने पुष्ताको विकाश भई सकेको देखिन्छ । नेपालको सीमा क्षेत्रहरुमा बढ्दो भारतीय पर्यटकहरुको सन्ध्याकालिन आगमनले पनि यसलाई पुष्टि गर्न मद्दत गर्दछ ।
नेपालले समृद्धि प्राप्ति गर्ने आधारको रुपमा पर्यटनलाई नै लिने गरिन्छ । कोभिडको महामारी पछि पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकिरहेको अवस्था छैन । नेपाल भ्रमण वर्ष २०२० को शुरुवात संगै विश्वभर कोभिड महामारी देखा प–यो । कोभिडको नियन्त्रणको लागि झण्डै ३ वर्ष भन्दा वढी समय लाग्यो । यो अवधिमा सबै भन्दा ठुलो क्षति पर्यटन उद्योगले नै व्यहोर्नु प–यो ।
कोभिडको नियन्त्रण संगसगै अव अर्थतन्त्रलाई चलाएमान बनाउनको लागि पर्यटन क्षेत्रले गति लिन पर्ने हो । तर अपेक्षित गति लिन सकेको अवस्था छैन र प्राय पर्यटन उद्योगहरु अहिले क्षमताको न्युन अवस्थामा चल्नु पर्ने बाध्यता रहेको छ ।
लुम्बिनी प्रदेशको बुटवलमा पर्यटन उद्योगको व्यापक संभावना रहेको छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वसामु आफै मौलिक पहिचान बोकेको क्षेत्र भित्र पर्दछ । पर्यटन उद्योगको विकाशको लागि लुम्बिनीको अतिरिक्त केहि पकेट क्षेत्रको विकाश हुनु अपरिहार्य हुन आउछ । लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सिद्धबाबा, कामाख्या देवी मन्दिर बशन्तपुर पाल्पा, रानीमहल, रेसुङा, स्वर्गद्धारी, सुपादेउराली क्षेत्रहरुलाई धार्मिक तथा सास्कृतिक रुपमा लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि पर्यटन पकेटको रुपमा विकाश गर्नु आवश्यक छ ।
रुपन्देही जिल्ला महामानव गौतम बुद्धको जन्मस्थल, आजभन्दा झण्डै १ करोड १० लाख वर्ष अगाडिको पाषाणयुगीन मानव रामापिथेकको अस्तित्व बोकेको, विविध सास्कृतिक एवं धार्मिक रुपमा सम्पन्न, प्राकृतिक रुपमा हरियाली वन जंगलले भरिपुर्ण नदी ताल तलैया भएको क्षेत्र हो । सडक तथा यातायातको व्यापक बिस्तार, उद्योग तथा व्यापार, सूचना प्रविधिको क्षेत्रमा विषेश स्थानको रुपमा रहेको छ । समुद्री सतहको १०० मिटर देखी १२२९ मिटर सम्मको उचाईमा अवस्थितिमा रहेको रुपन्देही जिल्ला तराइको समथर भूःभाग देखि चुरे पहाड गरी दुईवटा भौगोलिक अवस्थाको अवस्थिति रहनुको साथै पछिल्लो समय दु्रत औधोगिक तथा पर्यटन विकाश गरिरहेको जिल्ला अन्र्तगत रहेको छ । रुपन्देही जिल्ला अन्र्तगत बुटवलमा रहेको जितगढी किल्लाले समग्र नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको प्रतिनिधित्व गरिरहेको छ । समग्रमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको मात्र नभई नेपालको एक आर्थिक केन्द्रको रुपमा विकशित हुन सक्ने अवस्था विद्यमान देखिन्छ ।
आर्थिक समृद्धिको विकाश बिना आत्मनिर्भर बन्न सक्दैन । आर्थिक समृद्धि र विकाशको लागि पर्यटन उद्योगको विकाश हुनु अपरिहार्य छ । हाल नेपालमा र विषेश गरी लुम्बिनी क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटन प्रर्वद्धन विकाश हुन सकिसकेको अवस्था छैन । नेपालको छिमेकी देश भारतको उत्तर प्रदेशमा अवस्थित बोधगयामा वार्षिक २५ लाख भन्दा बढी आन्तरिक तथा बाह् पर्यटक आईरहेको अवस्थामा नेपालको लुम्बिनी आउने पर्यटकको संख्या न्यून रहेको छ । समान धरातलीय भौगोलिक क्षेत्रको रुपमा अवस्थित भारतको बोधगयामा वार्षिक २५ लाख भन्दा बढी पर्यटक आउँदा नेपालको लुम्बिनीमा न्युन पर्यटक आउनुमा लुम्बिनी तर्फ मात्र फर्किएर पुग्दैछ । त्यसको लागि हामी सबै रुपन्देही तर्फ नै फर्कनु पर्छ र यसको खासगरी बुटवलल पनि जवाफ दिनुपर्ने हुन आउछ र बुटवल बाट जवाफको खोजी हुन आवश्यक छ ।
गत वर्षदेखि गौतम बुद्ध अन्र्तराष्ट्रिय विमान स्थलको कार्य सम्पन्न भई विमान स्थल सञ्चालनमा आयो । तर अपेक्षित अन्तराष्ट्रिय उडान हुन सकेको अवस्था छैन । जसबाट साझै रुपन्देहीमा आउने विदेशी पर्यटक आउन सकिरहेको अवस्था छैन । अर्कोतर्फ भैरहवा, बुटवल लगायतका क्षेत्रहरुमा अवौंको लगानीमा बनेका पर्यटन उद्योगहरु चल्न सकिरहेको अवस्था छैन ।
लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी केबलकारको स्थापना भयो । केबलकारको स्थापना संगसगै बुटवल क्षेत्र चलाएमान बनेको छ । केही समय प्रदेशको राजधानी कायम भई केही हद सम्म चलाएमान भएको बुटवल पछिल्लो समय राजधानी बुटवल बाट अन्यत्र सारिए सगै सुस्त हुन पुगेको महशुस गरिएको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको सञ्चालन र लुम्बिनी केबलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकाशमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय बुटवलमा नविनतम् सोच तथा अवधारणाको रुपमा पर्यटन उद्योगको विकाशले गति लिई रहेको अवस्था छ । अब बुटवलले आफ्नो पहिचान पर्यटन उद्योगको रुपमा कायम गराउनु पर्ने आवश्यकता देखिन्छ ।
(लेखक लुम्बिनी केबलकारका म्यानेजर हुनुहुन्छ )

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर