बुटवल जेठ ११
लुम्बिनी केबलकार लिमिटेड र बुटवलमा अवस्थित अम्रपाली रिसोर्ट बीचमा व्यवशाय प्रवद्र्धन सम्बन्धी सम्झौता भएको छ । लुम्बिनी केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्य र अम्रपाली रिसोर्टका प्रवन्धक धनश्याम चापागाईको बिचमा व्यवशाय प्रवद्र्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार अम्रपाली रिसोर्ट बाट ग्राहकले लुम्बिनी केबलकार यात्राको लागि टिकट लिन सक्नेछन् भने लुम्बिनी केबलकार यात्रा गरेको टिकट लिई गएका ग्राहकलाई अम्रपानी रिसोर्टमा रेष्टुरेन्टको खानाका आईटमहरुमा १५ प्रतिशत छुट प्राप्त हुनेछ ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । लुम्बिनी केबलकारको क्षमता दैनिक ६ हजार यात्रुहरुलाई यात्रा गराउन सक्ने रहेको छ । अम्रपाली रिसोर्ट विभिन्न किसिमका कार्यक्रमहरु गर्नका लागि पर्याप्त व्यवस्था र लक्जरियस रुम भएको रेष्टुरेन्ट सहितको रिसोर्टको रुपमा रहेको छ ।
लुम्बिनी केबलकार र अम्रपाली बीच व्यापार प्रवद्र्धन सम्झौता
प्रतिक्रिया