गुल्मीमा बस दुर्घटना, एक जनाको मृत्यु
गुल्मीमा बस दुर्घटना हुँदा घाइते भएका १३ जना मध्य एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ।
पाल्पा रिब्दोकोट गाउँपालिका-१ बस्ने ४० वर्षीय युवराज कुवरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
पोखराबाट गुल्मी सदरमुकाम तम्घास आउदै गरेको लु १ ख ८१५७ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ रिडीको मकवादीमा दुर्घटना भएको थियो । घाइतेहरूलाई पाल्पा लुम्बिनी मेडिकलमा थप उपचारको लागि पठाईएको छ ।
दुर्घटना के कारणले भएको खुल्न्न नसकेको ईलाका प्रहरी कार्यालय रिडी गुल्मीले जनाएको छ ।



